समाज

सात वर्षमा पनि बनेन साढे १ किलोमिटर सडक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १६ गते १७:२६
सात वर्षमा पनि बनेन साढे १ किलोमिटर सडक ? (भिडियो रिपोर्टसहित)

१६ पुस २०७८ धादिङ । ठुला विकासका काम मात्र होइन, साना काम पनि समयसीमाभित्र सकिँदैन भन्ने उदाहरण दाङमा देखिएको छ ।

घोराहीको ट्राफिक चोकदेखि तुलसीपुर चोकसम्मको साढे १ किलोमिटर सडक निर्माणको काम शुरु गरेको ७ वर्ष बितेको छ । तर, काम सकिएको छैन ।

दाङ घोराहीको ट्राफिक चोकदेखि तुलसीपुर चोकसम्मको साढे १ किलोमिटर सडक निर्माणको काम सुरु गरेको ७ वर्ष बित्यो । हालसम्म ८० प्रतिशत काम मात्र सकिएको छ । निर्माण भएको सडक पनि गुणस्तरहीन भएका कारण भत्किएर खाल्डाखुल्डी परेको छ ।

साढे १ किलोमिटर सडकलाई ४ लेनमा स्तरोन्नती गरी कालोपत्रे गर्नको लागि ११ करोड ३६ लाख रुपैयाँमा कान्छाराम शंकल माली जेभि काठमाडौंले २०७१ सालमा जिम्मा पाएको थियो । सडक निर्माणको लागि ४ पटक म्याद थपिएको छ । तर निर्माण सम्पन्न नहुँदा धुलो धुँवाले स्थानीयबासिन्दालाई सास्ती दिएको छ ।

सडकको कालोपत्रे भत्किए पनि सम्बन्धित निकायले चासो देखाएको छैन । सडक विभागको लापरबाहीका कारण ठेक्का लगाएपछि पनि पटक पटक डिजाईन स्टिमेट परिवर्तन गरियो । स्थानीयको विवादका कारण पनि काम समयमा हुन नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीको पछिल्लो पटक थपिएको म्याद सकिएको छ । तर म्याद थपका लागि कुनै आवेदन परेको छैन । यसले गर्दा यो सडक निर्माण कहिले सकिन्छ भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *