समाज

अचानक किन बढ्यो नागरिकता बनाउनेको भीड ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १६ गते १७:१५
अचानक किन बढ्यो नागरिकता बनाउनेको भीड ? (भिडियो रिपोर्टसहित)

१६ पुस २०७८ धादिङ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेको भीड अचानक बढेको छ । मतदाता नामावलीमा दर्ता गर्न नागरिकता अनिवार्य भएपछि नागरिकता बनाउनेको संख्या चार गुणाले बढेको हो ।

हिजो आज धादिङबेसीस्थित जिल्ला प्रशासन कार्यालयमा दैनिक यसै गरी भीड लाग्ने गर्दछ । लाइनमा बस्ने अधिकांश सेवाग्राही नागरिकता लिनेहरु हुन् ।

पछिल्ला दिन नागरिकता लिनेहरुको संख्या चार गुणासम्मले बढेको छ । स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावलीका लागि नागरिकता अनिवार्य भएकाले नागरिकता बनाउनेको संख्या बढेको हो ।

दशैंअघि दैनिक ७० देखि ८० जनासम्मले नागरिकता लिने गरेकोमा पछिल्ला दिनहरुमा दैनिक २ सय जनासम्मले नागरिकता लिने गरेका छन् । सेवाग्राहीको भीड बढेसँगै व्यवस्थापनमा भने चुनौति थपिएको प्रशासन कार्यालयको भनाइ छ । प्रशासनलाई मात्रै नभएर समयमै सेवा नपाउँदा सेवाग्राहीले पनि सास्ती पाएका छन् ।

निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनको अभियान पनि सुरु गरेको छ भने राष्ट्रिय परिचय पत्र वितरणको काम पनि जारी छ । जसका कारण धादिङमा मात्रै नभएर देशभरका जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *