खेलकूद

मनाङ–मछिन्द्र : कसले पाउला एएफसी कप छनोट खेल्न ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १४ गते २०:२१
मनाङ–मछिन्द्र : कसले पाउला एएफसी कप छनोट खेल्न ? (भिडियो रिपोर्टसहित)

१४ पुस २०७८ काठमाडौं । जारी सहिद स्मारक ए डिभिजन लिगमा सातौं चरणका खेल तालिकाको शीर्ष दुई क्लब मछिन्द्र र मनाङ मर्स्याङ्दीका लागि निकै अर्थपूर्ण छन्।

क्लब लाइसेन्स पाएका ४ नेपाली क्लब मध्ये सातौं चरणसम्ममा तालिकाको माथिल्लो स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्न पाउने हुँदा अबको खेल यी दुईका लागि फाइनल सरहनै छ । लिगको मध्यान्तरसम्म पुग्दा यी दुईनै उपाधि होडमा अब्बल देखिएका छन् ।

सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणका खेलहरु शुक्रबारदेखि हुँदैछन् । यस चरणको पहिलो दिन दुई विभागीय टोली एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब तथा फ्रेन्ण्ड्स र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । तर, धेरैको ध्यान शनिबार हुने मनाङ मर्स्याङ्दी र ब्रिगेड ब्वाइज तथा आइतबार हुने मछिन्द्र र नेपाल पुलिस क्लबबीचको खेलमा केन्द्रीत हुनेछ । मनाङले ब्रिगेड ब्वाइजसँग पोखरा रंगशालामा खेल्नेछ भने मछिन्द्रले दशरथ रंगशालामा पुलिसविरुद्ध चुनौति पेश गर्दैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सातौं चरणसम्म एएफसी क्लब लाइसेन्स प्राप्त मध्ये शीर्ष स्थानको टोलीलाई एएफसी कपमा पठाउने निर्णय गरेसँगै मछिन्द्र र मनाङका लागि सातौं चरणको खेल महत्वपूर्ण छ ।

अहिलेसम्म मछिन्द्र, मनाङ, आर्मी र एपीएफलेमात्र एएफसीको क्लब लाइसेन्स पाएका छन् । जसमध्ये खराब प्रदर्शन गरिरहेको एपिएफ सुरुवातदेखिनै यो होडबाट बाहिरीसकेको थियो भने पछिल्लो चरणमा थ्रीस्टार क्लबसँग गोल रहित बराबरी खेलेपछि आर्मी पनि यो दौडमा पछि परेको छ ।

६ खेलबाट मछिन्द्र अपराजित रहँदै १४ अंकका साथ शीर्षस्थानमा र १ अंक कम रहेको मनाङ दोस्रो स्थानमा छ । छैटौं चरणमा मछिन्द्रसँग १(० गोलले पराजित भएसँगै मनाङ कठिन अवस्थामा पुगेको थियो । नियमित समय बराबरी भएको खेलको इज्जुरी समय समयमा सुनिल बलले फ्रिकिकमा आकर्षक गोल गर्दै मछिन्द्रलाई शीर्षस्थानमा फर्काए ।

तालिकाको दोस्रो स्थानमा रहेकाले तुलनात्मक रुपमा मछिन्द्रभन्दा मनाङलाई शीर्ष स्थानमा रहनु चुनौतिपूर्ण छ ।

ब्रिगेड ब्वाइजलाई हराएको खण्डमा पनि मनाङलाई एएफसी कपमा स्थान बनाउन मछिन्द्रको नतिजामा भर पर्नुपर्नेछ । तर, उसले पोखराको मैदान अनि त्यहाँ उपस्थित हुने आफ्ना समर्थकको साथको फाइदा उठाउन सक्नेछ ।

रेलिगेशन जोनबाट बच्न संघर्ष गरिरहेको बिबिसी भन्दा तुलनात्मक रुपमा मनाङ बलियो देखिएको छ । यता, मछिन्द्रको प्रतिद्धन्दी पुलिसले यस संस्करण प्रभावशाली प्रदर्शन गर्न सकिरहेको छैन् ।

उसले ६ खेलमा १ मात्र जित निकालेको छ । पुलिसको खराब लयको फाइदा उठाउनु मछिन्द्रका लागि जरुरी छ । यदि मनाङ बराबरीमा रोकिएको खण्डमा भने मछिन्द्रका लागि पनि बराबरी नतिजानै पर्याप्त हुनेछ भने मनाङ जितेमा मछिन्द्रलाई जितको विकल्प छैन ।

मछिन्द्र र मनाङ एएफसी कप छनोटमा स्थान बनाउने ध्यानमा छ भने रेलिगेशनबाट बच्न पनि ४ क्लबबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ । पाँचौं चरणसम्म १२ औं स्थानमा रहेको जावलाखेल युथ क्लबले छैटौं चरणमा सातदोबाटो युथ क्लबलाई हराउँदै रेलिगेशनबाट तत्कालका लागि मुक्ति पाएको छ । दुई ललितपुरे क्लब च्यासल युथ क्लब र फ्रेण्ड्स रेलिगेशन जोनमा छन् । अहिलेसम्म मछिन्द्र, संकटा क्लब र आर्मी अपराजित रहँदा फ्रेण्ड्सले मात्र कुनै खेल जित्न सकेको छैन् ।

लिगमा कुल ८१ गोल हुँदा छैटौं चरणमा मात्र कुल १६ गोल भए । अहिलेसम्म ४२ खेल हुँदा २५ खेलमा जित हारको नतिजा निस्कदा १७ खेल बराबरीमा भएका छन् । ह्याट्रिककर्ता सातदोबाटोका अजयी मार्टिन्स सहित सर्वाधिक गोलको सुचीमा एपिएफका आशिष लामा र मछिन्द्रका सुनिलब बल समान ४( ४ गोल सहित र्शीषस्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्