समाज

पाँचथरमा नागरिकता बनाउन यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १४ गते १६:५८
पाँचथरमा नागरिकता बनाउन यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

१४ पुस २०७८ पाँचथर । पाँचथरमा पछिल्लो समय नागरिकता बनाउनेको संख्या ह्वातै बढेको छ । ग्रामीण क्षेत्रदेखि नागरिकता बनाउन ठुलो संख्यामा सेवाग्राही सदरमुकाम पुग्ने गरेका छन् ।

स्थानीय तहको निर्वाचन बैशाखमा हुने चर्चासँगै मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि नागरिकता बनाउनेको संख्यामा बढोत्तरी भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाँचथरमा कार्यालय समय अगावै नागरिकता बनाउन आउनेको भिड लाग्ने गरेको छ । भिड व्यवस्थित गर्न केही दिन अगाडीदेखि थप प्रहरी जनशक्ति परिचालन गरिएको छ । दुर्गम गाउँबाट आएपनि आफूहरुले समयमा नागरिकता नपाएको सेवाग्राहीले गुनासो गरेका छन् ।

सेवाग्राहीका साथमा विभिन्न राजनीतिक दलका नेताहरु पनि जिल्ला प्रशासन कार्यालयमा भेला भएका छन् । नागरिकता बनाउनका आएका सेवाग्राही तथा उनीहरुका आफन्तले भिडभाड देखिन्छ । गाउँ गाउँबाट आएका कतिपय सेवाग्राहीले भने आवश्यक कागजात नपुग्दा सास्ती समेत पाउने गरेका छन् ।

विगतमा दैनिक २० भन्दा कम संख्यामै वितरण हुँदै आएको नागरिकता आहिले ७० भन्दा बढी गइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नागरिकता बनाउने, मतदाता नामावली दर्ता गर्ने, राष्ट्रिय परिचय पत्र बनाउने लगायत काम जिल्ला प्रशासन कार्यालयबाट हुने गर्छ । तर पर्याप्त जनशक्ति नहुँदा कागजात पेश भएकै दिननै सबैको काम हुने अवस्था भने छैन।

पूर्वी पहाडको ग्रामीण क्षेत्रबाट आएका सेवाग्राहीले तत्काल नागरिकता नपाउँदा समस्या हुने गरेको छ । यो समस्या समाधानका लागि ग्रामीण क्षेत्रमा नागरिकता शिविर सञ्चालन गर्ने तथा कर्मचारी व्यवस्थापनमा तत्काल ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *