समाज

एउटा यस्तो सामूदायिक विद्यालय, विद्यार्थी थेग्नै गाह्रो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १३ गते २०:२६
एउटा यस्तो सामूदायिक विद्यालय, विद्यार्थी थेग्नै गाह्रो (भिडियो रिपोर्टसहित)

१३ पुस २०७८ विराटनगर । अधिकांश सामुदायिक विद्यालयलाई विद्यार्थी जुटाउन ठूलै पापड बेल्नु परिरहेका बेला विराटनगरमा एउटा यस्तो सामुदायिक विद्यालय छ, जहाँ भर्ना हुन विधार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ। सामुदायिक विद्यालय भए पनि पछिल्ला वर्ष पोखरिया माविमा अभिभावक र विद्यार्थीको आकर्षण थेगी नसक्नुछ ।

चिटिक्क पोसाकमा सजिएका विद्यार्थी, पठनपाठनका लागि बिहानी कक्षादेखि दिउँसोको कक्षामा विद्यार्थीको चाप थेगी नसक्नु छ ।

पोखरियामा अहिले १ देखि १२ कक्षासम्म पढाइ हुन्छ । जसमा २ हजार ९ सय ३० विद्यार्थी अध्ययनरत छन् । कक्षा १ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुँदै आएको पोखरिया विद्यालयमा यो शैक्षिक सत्रबाट १ देखि ७ कक्षासम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन थालिएको छ ।

पोखरिया माविमा २०७० सालदेखि अङ्ग्रेजी माध्यमबाट पहिलो पटक पठनपाठन शुरु गरिएको हो । त्यती बेला विद्यालयमा जम्मा ३ सय विद्यार्थी थिए ।

अहिले पोखरियामा मोरङका मात्रै नभइ, धनकुटा, तेह्रथुम, सिरहा, सप्तरी, उदयपुर तथा खोटाङदेखि विद्यार्थी पढ्न आउने गरेका छन् । विद्यालयमा नर्सरी, केजी र १ कक्षासम्म स्मार्ट टिभीमार्फत पठनपाठनको व्यवस्था छ । त्यसमाथिका कक्षाका लागि स्मार्ट बोर्डमार्फत कक्षाकोठामा अध्यापन गराइँदै आएको छ ।

नीजि विधालय छाडेर पोखरीयामा अध्ययनरत विधार्थी पनि यहाँको शिक्षण सिकाइबाट निकै प्रभावित छन् ।

विद्यार्थीको सुन्दर भविष्यका लागि फरक र बढी मेहनत गरेमा समुदायिक विद्यालय पनि विधार्थी अभाव नहुने दृष्टान्त पोखरिया मावि बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *