अन्तर्वार्ता

विगतमा गरेको कमजोरीको आत्मसमीक्षा गर्छुः अध्यक्ष प्रचण्ड (विशेष भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ पुष १० गते २१:१२
विगतमा गरेको कमजोरीको आत्मसमीक्षा गर्छुः अध्यक्ष प्रचण्ड (विशेष भिडियो कुराकानीसहित)

१० पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राष्ट्रिय सम्मेलनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी लगायत कम्युनिष्ट पार्टीहरूबीच एकताको आह्वान गर्ने बताउनु भएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै प्रचण्डले पूर्वमाओवादी पार्टीसहित कम्युनिष्टहरूबीच सहकार्य र एकीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

प्रचण्डले महाधिवेशनमा आफूले विगतमा गरेको कमजोरीको आत्मसमीक्षा गर्ने र भविष्यमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउने बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको विशेष कुराकानी भोलि राति ९ बजे प्रसारण हुने कार्यक्रम यक्ष प्रश्नमा हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्