समाज

मुटुसम्बन्धी रोग पहिचानका लागि विद्यालयमै स्वास्थ्य शिविर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १० गते १८:२६
मुटुसम्बन्धी रोग पहिचानका लागि विद्यालयमै स्वास्थ्य शिविर (भिडियो रिपोर्टसहित)

१० पुस २०७८ नेपालगञ्ज । सरकारले बालबालिकामा हुने मुटुसम्बन्धी रोगको उपचार निःशुल्क गर्ने गरेको छ । तर समयमै रोग पहिचान नहुँदा सरकारले उपलब्ध गराएको सेवाबाट बालबालिका बन्चित हुने गरेका छन् ।

यही समस्यालाई मध्यनजर गर्दै बाँकेमा बालबालिकाका लागि विद्यालय मै स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

पछिल्लो समय बालबालिका पनि मुटुसम्बन्धी रोगबाट पीडित हुने क्रम बढेको छ । बाँकेको एक विद्यालयमा आयोजित मुटु रोगसम्बन्धी शिविरमा कक्षा ७ सम्म अध्ययन गर्ने ६ सय ९० विद्यार्थीको मुटु जाँच गर्दा ५ जनामा समस्या भएको पाइयो ।

मुटुसम्बन्धी रोगले ग्रसित बालबालिकालाई हिँडडुल गर्न तथा खेल्न गाह्रो हुने, खुट्टा सुन्निने, रुखाखोकी लागिरहने तथा निमोनिया जस्ता लक्षण देखिने समस्या हुन्छ ।

केही समस्या देखिए विशेषज्ञ चिकित्सकलाई नदेखाई निमोनिया भएको आशंकामा एन्टिबायोटिक दिने गर्दा समस्या झन जटिल बन्दै भएको पाइन्छ । त्यसैले बेलैमा समस्याको पहिचान गरी उपचार गर्नका लागि बालबालिका लक्षित मुटुरोग शिविर संचालन गर्न चिकित्सक सुझाव दिन्छन् ।

स्वास्थ्य शिविरबाट पहिचान भएका मुटुरोगी विद्यार्थीलाई मेडिकल काठमाण्डौंको गंगालाल हृदयरोग केन्द्रमा निशुल्क उपचारका लागि समन्वय गरिने भएको छ । शिविरले कोरोना संक्रमणको जोखिमका कारण लामो समय घरमै रहेका विद्यार्थीहरुको स्वास्थ्य अवस्था पहिचान भई समयमै उपचारमा जानसक्ने बनाएको छ ।

बाल अवस्थामै हुने मुटु रोग जस्ता घातक समस्याको समयमै पहिचानका लागि अभिभावक पनि सचेत बन्न जरुरी छ ।

बालबालिकामा देखिने स्वास्थ्य समस्यालाई गम्भीर रुपमा नलिँदा भविष्यमा जटिल समस्या उत्पन्न हुन सक्ने तर्फ सचेत हुनुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *