राजनीति

प्रचण्डको दस्तावेजमा ओली आलोचनादेखि आत्मआलोचना(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ९ गते २०:४३
प्रचण्डको दस्तावेजमा ओली आलोचनादेखि आत्मआलोचना(भिडियो रिपोर्टसहित)

९ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज तयार भएको छ । पार्टीको स्थायी कमिटीमा पेश भएको दस्तावेजमा इतिहासको समीक्षादेखि प्रचण्डको आत्मसमीक्षासम्म गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि हुने प्रथम राष्ट्रिय सम्मेलनका लागि तयार पारेको दस्तावेज स्थायी कमिटीमा छलफल भइरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले लेखेको दस्तावेजलाई छलफलमा लगिएको हो । ११ गते देखि हुने राष्ट्रिय सम्मेलनमा प्रचण्डको दस्तावेजमा क्रान्तिकारी विचार र पार्टी निर्माणको एजेण्डा मुख्य छ भने माओवादीमा भएको उतारचढावको पनि समीक्षा गरिएको छ ।

करिब १५ दिन लगाएर प्रचण्डले तयार पारेको दस्तावेजमा माओवादीको अबको राजनीतिक कार्यदिशादेखि समाजवादको रुपरेखा समेत कोर्ने प्रयास गरिएको छ ।

प्रचण्डले तयार पारेको प्रतिवेदनमा नेकपा एमालेसँगको पार्टी एकतादेखि गठबन्धनसम्मको समीक्षा गरिएको छ भने एमाले अध्यक्ष केपी ओली प्रवृतिको चर्को विरोध गरिएको छ । ओलीले कम्युनिष्ट आन्दोलनलाई बदनाम गराएको पश्चगामी दिशामा लगेको दस्तावेजमा समेटिएको छ ।

शान्ति प्रक्रियापछि माओवादीमा आएको टुटफूट तथा पटकपटक सत्ताको स्वाद र संसदीय अभ्यासका क्रममा भएको त्रुटिको समेत गम्भिर समीक्षा गरिएको माओवादी नेताहरुले बताएका छन् ।

अब माओवादी नयाँ ढंगले सुध्रिदै नेतृत्वभन्दा पनि नीतिगत सुधार गर्न दस्तावेजको जोड छ । ११ गते राष्ट्रिय सम्मेलनमा पेश हुने प्रचण्डको दस्तावेज देशभरबाट आएका १६ सयभन्दा बढी प्रतिनिधिबीच छलफल गरेर माओवादीले आगामी यात्रा तय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्