आर्थिक

बागलुङमा मौरी पालनमा आकर्षण, व्यवसायिक बन्दै मह उत्पादन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ७ गते १६:११
बागलुङमा मौरी पालनमा आकर्षण, व्यवसायिक बन्दै मह उत्पादन (भिडियो रिपोर्टसहित)

७ पुस २०७८ बागलुङ। मौरीबाट राम्रो आम्दानी हुन थालेपछि बागलुङमा मौरी पालनमा आकर्षण बढेको छ । पहिले घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुने मह उत्पादन अहिले व्यवसायिक बन्दै गएको छ ।

बागलुङको जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, गल्कोट नगरपालिका, बरेङ गाउँपालिकाका किसान मौरीपालन व्यवसायमा लागेका छन् । थोरै लगानी, कम समय खर्चिनुपर्ने र धेरै आम्दानी हुने भएपछि बागलुङका किसानले मौरीपालन व्यवसाय गर्न थालेका हुन् ।

बागलुङमा वार्षिक १९ टन मह उत्पादन हुने जिल्ला कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्कले देखाउँछ । जिल्लामा एक हजार ६ सय ५० मौरीघार मौरी व्यवसायीसँग छन् ।

बागलुङमा उत्पादित मह फरक स्वादका कारण देश विदेशमा प्रख्यात छ । बागलुङमा उत्पादित मह भारत, कतार, साउदी अरबसहित युरोप, अमेरिका तथा अस्ट्रेलियासम्म निर्यात हुने गरेको छ ।

मौरी पालक किसानले वर्षमा दुई पटक मह झिक्छन् । बागलुङमा उत्पादित महको मूल्य प्रतिकिलो १२ सयदेखि दुई हजार रुपैँयासम्म पर्छ । कात्तिकदेखि मंसिर र वैशाखदेखि जेठसम्म मह झिक्नको लागि उपयुक्त समय मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *