आर्थिक

फस्टाउँदै कालिज पालन, सहयोग नपाएको किसानको गुनासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ७ गते १५:०७
फस्टाउँदै कालिज पालन, सहयोग नपाएको किसानको गुनासो (भिडियो रिपोर्टसहित)

७ पुस २०७८ काठमाडौं । पछिल्लो समय नेपालमा कालिज पालन व्यवसाय फस्टाउँदै गएको छ । व्यक्तिको निजी प्रयासमा कालिज पालनजस्ता कृषि व्यवसाय गर्दै आएका कृषकले भने सरकारबाट उचित सहयोग पाउन सकेका छैनन् ।

रसुवा नौकुण्ठ गाउँपालिकाबाट केही गरौं भनेर सेतीमाया पाख्रिनको परिवार संघीय राजधानी काठमाडौंमा आएको थियो । केही गर्नका लागि उनीहरुसँग प्रयाप्त पूँजी थिएन् । सानो लगानीमा पनि कालिज पालन गर्न सकिने जानकारी पाएपछि ऋणधन गरी पाख्रिनको परिवारले काठमाडौंको ताकेश्वर नगरपालिका ३ चिसापानीमा एग्रो फार्म स्थापना गरे ।

शुरुमा तीन लाख लगानी गरेर दुई सय कालिजका बच्चा पालन शुरु गरे । तर शुरुमै एक सय कालिजका बच्च मरेपछि घाटा बेहोर्नु पर्यो । तर हार भने मानेनन् । बचेका एक सय काजिलबाटै व्यवसायलाई निरन्तरता दिए ।

अहिले पनि व्यवसायलाई निरन्तरता दिइरहेको पाख्रिन परिवारले कतैबाट सहयोग भने पाएको छैन् । हरेक वर्ष बजेट भाषण गर्दा अर्थमन्त्रीले कृषिमा प्रयाप्त अनुदान र ऋण दिने घोषणा गर्छन् । तर कतै पहूँच नहुने पाख्रिन जस्ता व्यवसायीका लागि सरकारको अनुदान आकासको फल जस्तै भएको छ ।

सरकारको सहयोग नपाए पनि काजिल खरिद गर्न पुग्ने ग्राहककै कारण यस्ता व्यवसायीको व्यवसाय जसो चसो चलेको छ ।

तार्केश्वर नगरपालिकामा पछिल्लो समय कृषि व्यवसाय फस्टाउँदै गएको छ । तर तीन तहकै सरकार आफूहरुका समस्याप्रति जिम्मेवार हुन नसकेको कृषकको गुनासो छ । साथै कृषि योग्य जमिनमा प्लटिङ गर्ने क्रम बढेसंगै व्यवसायिक रुपमा कृषिमा लाग्न चाहनेहरुका लागि जग्गाको पनि अभाव हुँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *