समाज

पूर्वको प्रख्यात पर्यटकीय बेतना सिमसारमा स्थानीयको आन्दोलन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ६ गते १७:०६
पूर्वको प्रख्यात पर्यटकीय बेतना सिमसारमा स्थानीयको आन्दोलन (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ बाँके । पूर्वको प्रख्यात बेतना सिमसारमा आइतबारदेखि स्थानीयले आन्दोलनका कार्यक्रम शुरु गरेका छन् । साधारणसभा समयमा नै नगरेको, अनियमितता गरेको र परिषद् सदस्यमा वडा नम्बर ४ लाई उपेक्षा गरेको भन्दै स्थानीयले आन्दोलन शुरु गरेका हुन् ।

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ मा रहेको प्रदेश १ कै लोकप्रिय पर्यटकीय स्थल बेतना सिमसारमा साधारणसभा गर्न ढिलाई गरी अनियमितता गरेको भन्दै स्थानीयले आन्दोलनका कार्यक्रम सुरु गरेका छन् । दुई वर्षदेखि सुक्ष्म आन्दोलन गर्दै आएका स्थानीयले आइतबारदेखि आन्दोलनलाई थप कडाइ गरेका हुन् ।

दुई वर्षको बीचमा संघर्ष समितिले सरकार र सरोकारवाला निकाय सबै ठाउँमा आफ्नो माग पुर्‍याएको जनाएको छ आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा समेत उनीहरुले परिपत्र गरेका छन् । तर कुनै पनि निकायबाट माग सम्बोधन नभएको संघर्षरत स्थानीयको गुनासो छ ।

नगरपालिका र वडा कार्यालयले पनि आफ्ना माग सम्बोधनमा आनाकानी गरेको उनीहरुको आरोप छ । तर समस्या समाधानमा प्रयासरत रहेको स्थानीय वडा कार्यालयको भनाइ छ ।

सिमसारमा संरक्षण गरि राखिएका पशुपंक्षिको संरक्षणमा खटिएका कर्मचारीबाहेक अरुलाई बेतना प्रवेशमा रोक लगाइएको छ ।

स्थानीयको आन्दोलनका कारण पर्यटक बेतना प्रवेश गर्न सकेका छैनन् । त्यसैले तत्काल समस्या समाधान गर्न सम्बन्धीत निकायको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *