कोरोना जोखिमबाट सुरक्षित रहन सचेतना कार्यक्रम (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ पाल्पा । पाल्पामा कोरोना संक्रमणको उच्च जोखिमबाट सुरक्षित रहन नागरिकलाई खोपसँगै सचेत बनाउन थालिएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि देखिएसँगै जोखिम न्यूनीकरणका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
पाल्पाको बगनासकाली गाउँपालिकामा रहेको बगसकाली बहुउद्देश्यीय सहकारी संस्थाले गाउँपालिकाभित्र कोरोना संक्रमणको उच्च जोखिमबाट सुरक्षित रहन सचेतना अभियान थालेको छ ।
गाउँपालिकाभित्रका सरकारी स्वास्थ्य चौकीमा आवश्यक पर्ने कोरोना परीक्षण साम्रगी वितरण गरिएको छ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा कोरोना परीक्षणलाई प्रभावकारी बनाउन स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
पाल्पामा १८ वर्ष भन्दा माथिका ९६ प्रतिशतले कोरोना खोप लगाएका छन् । १२ देखि १८ वर्ष उमेर समूहका ३० हजारलाई मोडर्ना खोप लगाउने तयारी भएको छ ।
कोरोना विरुद्धको खोप लगाए पनि नागरिकहरु आफु पनि जोगिएर अरुलाई पनि जोगाउन सबै सचेत हुनुपर्ने देखिएको छ । यसले कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन सकिनेछ ।
प्रतिक्रिया