आर्थिक

पाल्पामा व्यावसायिक तरकारी खेतीप्रति बढ्यो युवा आकर्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ५ गते १७:४४
पाल्पामा व्यावसायिक तरकारी खेतीप्रति बढ्यो युवा आकर्षण (भिडियो रिपोर्टसहित)

५ पुस २०७८ पाल्पा । पाल्पामा व्यावसायिक तरकारी खेतीप्रति युवाको आकर्षण बढ्दो छ । स्थानीय सरकारले तरकारी उत्पादन गर्ने किसानलाई आधुनिक मेसिन, तरकारीको बीउ, तथा प्राविधिक सहयोग गरेपछि युवा तरकारी खेतीमा लागेका हुन् ।

पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १०, जमुनाखर्कका रामबहादुर नेपाली चार वर्ष विदेशमा बस्नुभयो । विदेशबाट फर्केर व्यावसायिक तरकारी खेती गर्दा लाखौं आम्दानी भएपछि घर खर्च तथा सन्तानलाई शिक्षादीक्षा गर्न सहज भएको हो । जमुनाखर्का २७ घर दलित तथा जनजातिको बस्ती अहिले व्यावसायिक तरकारी खेती गरी
राम्रो आम्दानी गर्न थालेको छ ।

जमुनाखर्कमा व्यावसायिक तरकारी खेती गर्ने महिलको संख्या पनि उल्लेख्य छ । तरकारी उत्पादनमा महिलाको अग्रसरताले परनिर्भरता हटाएको छ ।

तानसेन नगरपालिका र युएनडीपी, ग्रामीण आर्थिक विकास संघ रेडाको सहयोगमा विदेशबाट फर्केका तथा स्वदेशमा बेरोजगार युवालाई उद्यमी बनाउन थालिएको हो ।

गरिब तथा बेरोजगार युवाको पहिचान गरी उनीहरुको उत्थानका निम्ति स्थानीय सरकारले कृषि विशेष कार्यक्रम ल्याउन आवश्यक छ । व्यावसायिक कृषि उत्पादन गरी युवालाई स्वदेशमै टिकाउन स्थानीय तीनै तहका सरकारको प्रभावकारी भूमिका जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *