खेलकूद

खेलाडीमाथिको कारबाहीबारे क्रिकेट खेलाडी संघले जनायो यस्तो प्रतिक्रिया

हिमालय टिभी
२०७८ पुष ५ गते १३:४६
खेलाडीमाथिको कारबाहीबारे क्रिकेट खेलाडी संघले जनायो यस्तो प्रतिक्रिया

५ पुस २०७८ काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले केन्द्रीय सम्झौताका लागि वैज्ञानिक ढंगले खेलाडी वर्गीकरण गर्न आवश्यक रहेको बताएको छ ।

सिप्यानले आज विज्ञप्ती जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका ४ खेलाडीबीचको विवादमा आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको हो ।

विज्ञप्तीमा वर्गीकरण जस्तो महत्वपूर्ण विषय पारदर्शी र त्रुटीरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक मापदण्ड पालना गर्नुपर्ने दोहोर्‍याएको छ । विगतमा पनि वर्गीकरणका विषयमा क्यान र राष्ट्रिय खेलकुद परिषद् राखेपका पदाधिकारीलाई दिएको सुझाव आज पनि उतिकै सान्दर्भिक रहेको उल्लेख गर्दै खेलाडीहरुले उठाएको माग सम्बोधन गर्नुको साटो कारबाही गरेर क्यानले क्रिकेट विकासमा अवरोध पुर्‍याएको सिप्यानको दावी छ ।

पछिल्लो विवाद समाधान गरेर खेलाडीको मनोबल उच्च बनाउन पनि सिप्यानले माग गरेको छ ।

गत बुधबार क्यानको बोर्ड बैठकले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीमुक्त गर्दै उनीहरुसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को शुरुको ६ महिना केन्द्रीय सम्झौतामा समावेश नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्