प्रिमियर लीग फुटबलमा म्यानचेष्टर सिटीको फराकिलो जित
५ मंसिर २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीले फराकिलो जित निकालेको छ ।
प्रिमियर लीग अन्तर्गत शीर्ष स्थानको सिटीले न्यूक्यासल युनाइटेडमाथि ४–० को जित निकालेको हो । अवे मैदानमा सिटीका लागि रुबेन डायस, जाओ कान्सेलो, रियाद महरेज र रहिम स्टरलिङले गोल गरे ।
खेलको पाँचौ मिनेटमै डायसले सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि उसका लागि २७औं मिनेटमा कान्सेलो, ६४औं मिनेटमा महरेज र ८६औं मिनेटमा महरेजले गोल थपेका थिए ।
सिटी १८ खेलबाट ४४ अंकका साथ शीर्ष स्थानमा कायमै छ । न्यूक्यासल १० अंक जोड्दै १९औं स्थानमा छ ।
लीग अन्तर्गत नै दोस्रो स्थानको लिभरपुल र सातौं स्थानको टोटेनह्याम २–२ को बराबरीमा रोकिए ।
त्यस्तै तेस्रो स्थानको चेल्सीले पनि आठौं स्थानको उल्फ्ससँग गोलरहित बराबरीमा खेल्यो । १८ खेलबाट लिभरपुलको ४१ तथा चेल्सीको ३८ अंक छ ।
प्रतिक्रिया