खेलकूद

ला लिगामा रियल मड्रिड कार्डिजसँग बराबरीमा रोकियो

हिमालय टिभी
२०७८ पुष ५ गते ८:०२
ला लिगामा रियल मड्रिड कार्डिजसँग बराबरीमा रोकियो

५ मंसिर २०७८ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

ला लिगामा गएराति शीर्ष स्थानको रियलले कार्डिजसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा रियलले रेलिगेशन जोनमा रहेको कार्डिजसँग बराबरी खेल्दै अंक बाँड्नु पर्‍यो ।

इडेन हजार्ड पछिल्लो तीन महिनामा पहिलो पटक रियलको शुरूवाती टोलीमा परेका थिए । कोरोना भाइरसको संक्रमणको प्रभाव रियलको खेलमा पनि परेको देखियो ।

रियलका मुख्य ६ खेलाडीलाई कोरोना संक्रमण भएको छ । १८ खेलको समाप्तिमा रियलले ४३ अंक जोडेको छ । कार्डिज १४ अंकसहित तालिकाको पुछारदेखि दोस्रो स्थानमा छ ।

ला लिगाकै अन्य खेलमा एथ्लेटिको बिल्बाओले रियल बेटिसलाई ३–२, ग्रानाडाले मालोर्कालाई ४–१ र गेटाफेले ओसासुनालाई १० ले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्