आर्थिक

चालु आ.व.को ५ महिनामा विकास खर्च ६ प्रतिशत मात्रै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ४ गते २०:३६
चालु आ.व.को ५ महिनामा विकास खर्च ६ प्रतिशत मात्रै (भिडियो रिपोर्टसहित)

४ पुस २०७८ काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा विकास निर्माणका लागि छुट्याइएको कूल बजेटको ६ दशमलव ५९ प्रतिशत मात्र खर्च भएको छ। ५ महिनामा ७ प्रतिशत पनि खर्च गर्न नसकेको सरकारले पुसभित्र ३० प्रतिशत खर्च गर्न विभिन्न मन्त्री र सचिवहरुलाई आग्रह गरेको छ ।

तर खर्च बढाउन भाषण गर्ने, आग्रह वा निर्देशन दिने भन्दा पनि नीतिगत र संरचनात्मक सुधार आवश्यक रहेको अर्थविद्हरुको सुझाव छ ।

सरकारले चालू आर्थिक वर्षमा ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा ५ महिनामा २८ अर्ब ९८ करोड रुपैयाँ मात्र खर्च भएको छ ।

पुँजीगत खर्च बढाउन नसकेपछि अर्थमन्त्री जनार्दन शर्माले विभिन्न मन्त्रालयका मन्त्री र सचिव समेतलाई पुसभित्र ३० प्रतिशत बजेट खर्च गर्न आग्रह गर्नुभएको छ। मंसिर महिनामा साढे १ प्रतिशत मात्र खर्च गरेको सरकारले पुस महिनामा ३० प्रतिशत पु¥याउन २३ प्रतिशत खर्च गर्नुपर्ने छ । जुन चुनौतीपूर्ण हो ।

उसो त अर्थमन्त्री जनार्दन शर्माले भनेअनुरुप विकास खर्च भएको भए, मंसिरमै २० प्रतशित पुँजीगत खर्च हुनु पर्ने हो । अर्थमन्त्री शर्माले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य तय गर्नुभएको छ। तर, यो अवधिमा मन्त्री शर्माले भाषणमा बोलेको भन्दा झण्डै ५ गुणा कम पूँजीगत खर्च भएको देखिन्छ । खर्च बढाउन भाषणभन्दा पनि संरचनात्मक र नीतिगत सुधार आवश्यक रहेको विज्ञ बताउछन् ।

यो अवधिमा चालूतर्फ भने लक्ष्यको ३१.६१ प्रतिशत अर्थात् तीन खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी भएको छ। राजस्व पनि १० खर्बको लक्ष्यको ३५राजस्व संकलन भएको छ। राजस्व संकलन र चालू खर्चमा निकै राम्रो प्रगति हुँदा पनि विकास खर्च नहुनुको कारण पत्ता लगाउन विज्ञको सुझाव छ ।

पूँजीगत खर्च प्रयाप्त मात्रामा नहुँदा सरकारको क्षमतामा प्रश्न त उठेको छ नै बैंकहरु तरलता अभावको चपेटामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *