समाज

रुपन्देहीबाट विद्युतीय राहदानी बनाउने प्रकृया शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ४ गते १९:०७
रुपन्देहीबाट विद्युतीय राहदानी बनाउने प्रकृया शुरु (भिडियो रिपोर्टसहित)

४ पुस २०७८ रुपन्देही । रुपन्देहीबाट विद्युतीय राहदानी बनाउने प्रकृया शुरु भएको छ । मेशीन रिडेबल पासपोर्टको फारम भर्न बन्द गरेर ईलाका प्रशासन कार्यालय बुटवलबाट विद्युतीय राहदानीको आवेदन लिन शुरु गरिएको हो । एक महिना भित्र सबै जिल्लाबाट विद्युतीय फारम भरिने र वितरण शुरु गरिने राहदानी विभागले जनाएको छ ।

गत मंसिर २८ गतेदेखि सरकारले एमआरपी बन्द गरी विद्युतीय राहदानीका लागि आवेदन फारम भर्न शुरु गरेको थियो । प्रारम्भमा काठमाडौं, भक्तपुर र ललितपुरबाट राहदानी वितरण शुरु गरियो ।

अहिले तराईका जिल्लाबाट पनि आवेदन लिन थालिएको छ । अबको एक महिनाभित्र देशका सबै जिल्लाबाट विद्युतीय राहदानीको लागि फारम भरिने र वितरण शरु हुने राहदानी विभागले जनाएको छ । फारम भर्ने वित्तिकै राहदानी विभागमा प्रिन्ट हुने र १५ दिन भित्रमा वितरण गरिने विभागले दाबी गरेको छ ।

विद्युतीय राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । राहदानी विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले लुम्बिनी प्रदेशका १२ जिल्लाका अधिकारीहरुलाई प्रशिक्षण दिँदै विद्युतीय राहदानीको बारेमा जानकारी पनि दिइएको छ । राष्ट्रिय परिचयपत्रमा ब्यक्तिको जानकारीसहित जैविक विवरण पनि समिटिने भएकाले ब्यक्तिको वास्तिवक पहिचान हुन्छ ।

एमआरपी पासपोर्ट बनाउँदा जन्मदर्ता, नागरिकता अनिर्वाय गरिएको थियो । विद्युतीय पासपोर्टका लागि भने जन्मदर्ता, नागरिकतासहित अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र चाहिन्छ । तर अधिकांश नागरिकलाई राष्ट्रिय परिचय पत्र बारे थाहै छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *