समाज

विमानको पर्खाइमा रहेको ढोरपाटन विमानस्थल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ४ गते १६:४५
विमानको पर्खाइमा रहेको ढोरपाटन विमानस्थल (भिडियो रिपोर्टसहित)

४ पुस २०७८ बागलुङ । बागलुङको ढोरपाटन विमानस्थल नेपालकै पुरानो मध्येको एक हो । पूर्णरुपमा बन्द रहेको विमानस्थल लामो समयदेखि विमानको पर्खाइमा छ ।

नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा रहेको विमानस्थल सन् १९७३ सेप्टेम्बर २४ अर्थात विक्रम संवत २०३० असोज ८ गतेबाट सञ्चालनमा आएको थियो ।

विमानस्थल सञ्चालनमा आएसँगै २०१६ सालमा ढोरपाटन छिरेका तिब्बती शरणार्थीलाई त्यहीं व्यवस्थापन गरिएपछि दिनहुँजसो विमानहरु अवतरण गर्दथे ।

तीन सय ६५ मिटर लामो रनवे रहेको विमानस्थलमा एक दशक अगाडीसम्म कहिले शिकार आरक्षमा आउने शिकारी त कहिले ढोरपाटन आउने पर्यटकले चार्टर गरेर ल्याउने गर्दथे । अहिले विमानस्थल चरण क्षेत्रमा परिणत भएको छ ।

बेला–बेलामा चर्चामा आइरहने यो विमानस्थललाई संचालनमा ल्याउन उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना बाधक बनेको छ । विमानस्थल क्षेत्रमै उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएपछि विमानस्थल संचालनमा ल्याउनका लागि पहल अगाडी बढाउने या नबढाउने भन्नेमै जनप्रतिनिधि दोधारमा छन् ।

उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने नहुने यकिन नभएकै बेला पुरानो विमानस्थल संचालनमा आउन नसक्नु दुर्भाग्य हो । यस विषयमा सम्बन्धित निकाय प्रष्ट हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *