नेपालगञ्ज विमानस्थलको धावनमार्ग विस्तार अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)
४ पुस २०७८ बाँके । नेपालगञ्ज विमानस्थलमा थप २ सय मिटर लामो धावनमार्ग विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
विस्तारपछि नेपालगञ्ज विमानस्थलको धावनमार्ग १ हजार ७ सय ५ मिटर लामो हुनेछ । करिब ५ करोड ६० लाखको लागतमा शुरु भएको धावनमार्ग विस्तारको काम करिब ९५ प्रतिशत पूरा भएको छ ।
२०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी कान्छाराम कष्ट्रकशन प्रालिले जिम्मा पाए पनि अझै धावनमार्गमा कालोपत्रेको काम बाँकी छ ।
हाल विमानस्थलको धावनमार्गको लम्बाई १ हजार ५ सय ५ मिटर र चौडाई ३० मिटर छ । धावन मार्ग छोटो भएका कारण सिआरजे ७०० बिमानलाई उडान र अवतरणका लागि भए कठिनाइ भए पछि धावन मार्ग बिस्तार गर्न लागिएको हो ।
नेपालगन्ज विमान स्थलमा ४ वटा ठुला जहाजलाई पार्किङ गर्न पुग्ने गरी पार्किङ क्षेत्र विस्तारको काम सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया