समाज

रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ३ गते १४:१३
रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

३ पुस २०७८ गुल्मी । गुल्मीमा निर्माणाधीन रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । २०६३ सालमा विमानस्थलको शिलान्यास भए पनि २०७२ सालपछि मात्रै निर्माणको कामले निरन्तरता पाएको हो ।

अबको डेढ महिनाभित्र सक्ने गरी अहिले टर्मिनल भवन र धावन मार्ग निर्माणको काम भइरहेको छ । धावनमार्गको कालोपत्रे गर्ने निर्माण व्यवसायीले विभिन्न बाहना देखाएर काम नगर्दा कामले गति लिन सकेको थिएन ।

पूरानो निर्माण व्यवसायीले काम नगरेकाले नयाँ निर्माण व्यवसायीलाई काम सुम्पिइएको छ । अब भने रेसुङ्गा नगरपालिका वडा नम्बर–१० सिमीचौरमा निर्माणाधीन रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावन मार्ग कालोपत्रे गर्ने काम तिब्र गतिमा अगाडी बढेको छ ।

धावनमार्ग कालोपत्रे गर्न सम्पूर्ण सामग्री तयारी अवस्थामा राखिएकाले बीचमा कुनै अवरोध नआए अबको डेढ महिनाभित्र काम सकिने निर्माण व्यवसायीको दावी छ ।

विगतमा रेसुङ्गा विमानस्थल निर्माणको काम सुस्त हुँदा स्थानीयले आशा मारिसकेका थिए । अब भने कामको गति हेर्दा आशा पलाएको छ ।

धावन मार्गको निर्माणकार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपैयाँमा गरिरहेको छ । टर्मिनल भवन बनाउने जिम्मा ४ करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले लिएको छ । १ सय ५६ रोपनी जग्गामा बन्ने बिमानस्थलको धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइको हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *