खेलकूद

ए डिभिजन लीग फूटबलमा आज तीन खेल हुँदै

हिमालय टिभी
२०७८ पुष ३ गते ८:५२
ए डिभिजन लीग फूटबलमा आज तीन खेल हुँदै

३ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज तीन खेल हुँदैछन् ।

लीगको पाँचौं चरणको खेल अन्तर्गत काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र पोखरामा एउटा खेल हुँदैछ । आजको पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

च्यासल ४ खेलबाट ४ अंकसहित दशौं स्थानमा रहँदा समान खेलबाट १ अंक मात्र जोडेको जावलाखेल रेलिगेसन जोनमा रहेको छ । दशरथ रंगशालामा खेल दिउँसो एक बजे सुरु हुनेछ ।

यस्तै अर्को खेलमा थ्री स्टार क्लब र न्यूरोड टीम एनआरटीले खेल्ने छन् । ४ खेलमा ५ अंक जोडेको थ्री स्टार छैटौं स्थानमा छ । उता समान खेलबाट एनआरटी ५ अंकसहित नवौं स्थानमा छ । सोही मैदानमा खेल अपरान्ह पौने पाँच बजे शुरू हुनेछ ।

उता पोखरामा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । ए डिभिजन लीगको इतिहासमै पहिलो पटक उपत्यका बाहिर खेल हुन लागेको हो ।

दोस्रो स्थानको मनाङको लक्ष्य आज शीर्ष स्थानमा उक्लने हुनेछ । आठ पटकको लीग विजेता मनाङको ४ खेलबाट १० अंक छ ।

त्यस्तै समान ४ खेलमा ५ अंक जोड्दै पुलिस आठौं स्थानमा छ । पोखरा रंगशालामा खेल दिउँसो दुई बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्