खेलकूद

आर्मीलाई सातदोबाटोले बराबरीमा रोक्यो, मच्छिन्द्र र संकटाले पनि अंक बाँडे

हिमालय टिभी
२०७८ पुष २ गते १९:११
आर्मीलाई सातदोबाटोले बराबरीमा रोक्यो, मच्छिन्द्र र संकटाले पनि अंक बाँडे

२ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीगअन्तर्गत आज भएका दुई खेल बराबरीमा सकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले १–१ तथा मच्छिन्द्र क्बल र संकटा क्लबको खेल गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन ।

अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी खेल्दै आर्मी तालिकाको दोस्रो स्थानमा पुगेको छ । एएफसी कपमा छनोट खेल्न जित्ने पर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीलाई बराबरीले धक्का लागेको छ । सातौ चरणको खेल सम्मको लिगबाट क्लब लाइसेन्स प्राप्त गरेको टोलीले एएफसी खेल्न पाउने प्रावधान रहेको अवस्थामा आर्मीलाई बरारबी नतिजाले धक्का लागेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भने विभागीय टोलीको क्लब आर्मीले सुरुआती अग्रता निकालेको थियो । १० औं मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।

त्यस्तै आर्मीविरुद्ध प्रशंसनिय खेल प्रदर्शन गरेको सातदोबाटोले आर्मीको अग्रतालाई धेरै समय टिक्न दिएन । ६ मिनेट पछि नै सातदोेबाटोका अजयी मार्टिन्सले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा अवस्थामा ल्याएका थिए । त्यसपछि अग्रता आर्मीले पहिलो हाफमा निकै संघर्ष गरे पनि सफल हुन सकेन । यस्तै सातदोबाटोले पनि केही राम्रा अवसर सदुपयोग गर्न चुक्यो ।

एक एक गोलको बराबरीमा सकिएको पहिलो हाफपछि आर्मीले दोस्रो हाफमा पनि आक्रामक खेल देखायो । तर आर्मीका प्रयास विफल भए । आर्मीका सान्तोष तामाङले ५५औं मिनेटमा गरेको प्रहार माथिल्लो बारबाट बाहिरिएको थियो । ७५औं मिनेटमा पनि सन्तोषको भलि सटले पोस्टको दिश लिन सकेन । सातदोबाटोका सेट पिसका अवसर पनि सदुपयोग हुन सकेनन् । बाँकी समयमा दुबै टोलीले गोलका लागि प्रयास गरिरहे पनि सफल हुन सकेनन र खेल बराबरीमा सकियो ।

बराबरीसँगै ५ खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ । बराबरीपछि सातदोबाटो ८ अंकसहित पाँचौ स्थानमा छ । अघिल्लो खेलमा एनआरटीसँग पराजित भएको सातदोबाटो बलियो आर्मीसँग अंक खोस्दै नबप्रवेशी पनि बलियो टोलीको रुपमा प्रमाणित गरेको छ । यस अघि सातदोबाटोले उपाधिदावेदार थ्री स्टारलाई हराउन सफल भएको थियो ।

दिनको दोस्रो खेलमा साविक विजेता मच्छिन्द्रले छिमेकी क्लब संकटासँग रोकिन पुगेको छ । बराबरीपछि मछिन्द्रलाई एक कम खेलेको मनाङसँग ३ अंकको अग्रता बनाउने अवसर गुमेको छ ।

बराबरीसँगै शीर्ष स्थानको मछिन्द्रले तालिकामा ११ अंक जोडेको छ । र दोस्रो स्थानको मनाङसँग एक अंकको अग्रता लिएको छ । संकटा ९ अंक जोड्दै शीर्ष चारमा उक्लिएको छ ।

लिगमा भोली तीन खेल हुँदैछन् । काठमाडौंमा दुई खेल हुनेछन् भने पोखरामा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई आतिथ्यता गर्दै छ । दशरथ रंगशालामा च्यासल युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेल थ्री स्टार र न्यूरोड टिम (एनआरटी)बीच हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्