समाज

बाँकेमा अस्पताल भर्ना हुने कोरोना संक्रमित ह्वात्तै घटे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २ गते १६:५२
बाँकेमा अस्पताल भर्ना हुने कोरोना संक्रमित ह्वात्तै घटे (भिडियो रिपोर्टसहित)

२ पुस २०७८ बाँके । बाँकेमा पछिल्ला दिनमा कोरोनाको संक्रमण र संक्रमित भए पछि उपचारका लागि अस्पतालमा भर्ना हुनेको संख्या हवात्तै घटेको छ ।

भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार शुरु भएयता कै सबैभन्दा कम २ जना मात्रै बिरामी भर्ना छन् । एक सातादेखि नयाँ बिरामी अस्पतालमा भर्ना भएका छैनन् ।

पछिल्लो पटक बाँकेका तीन वटा पीसीआर प्रयोगशालामा ७२ नमूना परीक्षण गर्दा चार जनामा भाइरस संक्रमण पुष्टि भए पनि सबैको अवस्था सामान्य भएकाले होम आइसोलेशन नै बसेका छन् । कोरोनाविरुद्धको खोप अभियान शुरु भएपछि कोरोनाको संक्रमण दर घट्न थालेको हो ।

बाँकेमा हालसम्म ५३ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *