खेलकूद

ए डिभिजन लीग फूटबलमा सातदोबाटो र आर्मीले अंक बाँडे

हिमालय टिभी
२०७८ पुष २ गते १५:२१
ए डिभिजन लीग फूटबलमा सातदोबाटो र आर्मीले अंक बाँडे

२ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलअन्तर्गत पाँचौं चरणको खेल शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पाँचौ चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबले एकएक गोलको बराबरी खेलेका छन् ।

आर्मीका दिनेश हेन्जनले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । सातदोबाटोका मार्टिन्स अजायीले १६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

बराबरीसँगै ५ खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत् छ । बराबरीपछि सातदोबाटो ८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । समान चार खेल खेलेको मछिन्द्र फूटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब १०–१० अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

आजको दोस्रो खेलमा संकटा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र मछिन्द्रबीचको खेल साँझ पौने पाँच बजे शुरु हुनेछ ।

संकटालाई हराएर मछिन्द्र शीर्ष स्थान कायम राख्न चाहन्छ । लीगमा मछिन्द्र अपराजित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्