समाज

यसरी संकटमा पर्दै आरन पेसा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २ गते १४:३४
यसरी संकटमा पर्दै आरन पेसा (भिडियो रिपोर्टसहित)

२ पुस २०७८ धादिङ । धादिङमा विगतमा बालिघरे प्रथामा आधारित सिलाई पेशा अहिले व्यवसायिक भइसकेको छ । तर आरन पेशा भने संकटमा परेको छ ।

धादिङ सिद्दलेक गाउँपालिका वडा नम्बर सात स्थित पिपलटारका लालबहादुर विक ८२ वर्षका हुनु भयो । तर पनि लालबहादुरको जोस र दैनिकी भने २८ वर्षको जस्तो छ । विक अहिले पनि घनले फलाम पिटेर नयाँनयाँ आकारका हतियार बनाइरहनु भएको छ ।

वर्षौदेखि बाउबाजेले गरेको पेशा अंगाले पनि धनसम्पति जोड्न नसकेको लालबहादुरको दुखेसो छ । राम्रो आम्दानी नभए पछि पछिल्लो समय यो पेशामा युवाको आकर्षण घट्न थालेपछि अहिले आरन पेशा नै संकटमा पर्न थालेको छ ।

यो पेशामा अहिले आधुनिक मेसिन, उपकरणहरु पनि आइसकेका छन् । तर सरकारबाट उचित सहयोग नपाएको यो पेशा गर्नेहरुको गुनासो छ ।

आरन पेशा लोप हुने अवस्थामा पुगेकाले सरकारको ध्यान जान आवश्यक रहेकोमा आरन पेशामा आवद्ध व्यक्तिहरुको सुझाव छ ।

संकटमा परेका पेशा व्यवसायलाई आधुनिकीरण गर्दै रोजगारी सुनिश्चित गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *