आर्थिक

सुनको भाउ एकैदिन तोलामा एक हजारले बढ्यो

हिमालय टिभी
२०७८ पुष २ गते १४:२३
सुनको भाउ एकैदिन तोलामा एक हजारले बढ्यो

२ पुस २०७८ काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार ५०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *