प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा
१ पुस २०७८ काठमाडौं । धनगढीमा पर्सि शुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह–आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको हो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले मूल आयोजक समितिसँगै विभिन्न समिति गठन गरेर प्रतियोगिताको तयारी गरिएको जानकारी दिनुभयो। प्रतियोगितमा सुदूरपश्चिमसहित ८ टिम सहभागि हुनेछन। सुदूरपश्चिमसहित नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश र प्रदेश २ समूह बीमा रहेका छन् ।
समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी, बागमती र कर्णाली प्रदेश छन् । उद्धघाटन खेल प्रदेश १ र कर्णाली प्रदेशबीच हुने छ ।
प्रतियोगिताको विजेता टिमले ५ लाख र उप–विजेताले ३ लाख पुरस्कार पाउने छन् । त्यस्तै वेमन अफ द सिरिजले २५ हजार, वेष्ट बलर र बेष्ट ब्याटरले समान १५ हजार पाउने छन् ।
प्रतिक्रिया