आर्थिक

व्यापार घाटा बढ्दा र रेमिटेन्स घट्दा अर्थतन्त्रमा गम्भीर असर

हिमालय टिभी
२०७८ मंसिर २९ गते १८:२०
व्यापार घाटा बढ्दा र रेमिटेन्स घट्दा अर्थतन्त्रमा गम्भीर असर

२९ मंसिर २०७८ काठमाडौं । उच्च व्यापार घाटा, घट्दो रेमिटेन्स लगायत सूचक नकरात्मक बन्दा अर्थतन्त्रमा गम्भिर असर परेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्थाअनुसार चालू आर्थिक वर्षको ४ महिनामै देशको भुक्तानी सन्तुलन अर्थात शोधानान्तर स्थिति १ खर्ब ५० अर्बले घाटामा छ ।

उच्च व्यापार घाटा, घट्दो रेमिटेन्सका कारण शोधनान्तर घाटा बढेको हो । यो अहिलेसम्मकै उच्च घाटा हो । गत वर्ष यही अवधिमा मुलुकको भुक्तानी अवस्था १ खर्ब १० अर्बले बचतमा थियो । देश भित्रनेभन्दा बाहिरिने रकम उच्च हुँदा अर्थतन्त्र धरासयी बन्दै जान्छ ।

मुलुकको चालु खाता पनि २ खर्ब २३ अर्ब १९ करोडले घाटामा छ । अघिल्लो वर्षको यही अवधिमा चालु खाता १९ अर्ब १ करोडले बचतमा थियो । चालु आर्थिक बर्षमा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यो अवधीमा कुल वस्तु आयात ६१ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । वस्तु निर्यात पनि १ सय ४ दशलव ३ प्रतिशतले वृद्धि भई ८२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

यो अवधीमा रेमिटेन्स साढे ७ प्रतिशतले घटेको छ । ४ महिनामा ३ खर्ब १२ अर्ब रेमिटेन्स नेपाल भित्रिएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *