समाज

विद्यालय जान थाले गुल्मीका सडक बालबालिका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २९ गते १७:०८
विद्यालय जान थाले गुल्मीका सडक बालबालिका (भिडियो रिपोर्टसहित)

२९ मंसिर २०७८ गुल्मी । सडक बालबालिका र बाल श्रममा संलग्न बालबालिकाको रक्षाका लागि गुल्मीको प्रशासनले चासो देखाएको छ ।

सदरमुकाम तम्घास बजार क्षेत्रमा रहेका सडक बालबालिकाको रक्षा र उनीहरुको पठनपाठनका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले चासो देखाएको हो । बालबालिका अहिले विद्यालय जान थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले तम्घासमा बेवारिसे अवस्थामा रहेका १५ जना बालबालिकालाई विद्यालय भर्ना गरेको हो । प्रहरीले तम्घास बजार क्षेत्रका विभिन्न स्थानमा फेला परेका बालबालिकालाई अभिभावकको जिम्मा लगाइ विद्यालयमा पढने व्यवस्था मिलाएको हो । बालबालिका विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेकाले उनीहरुको रक्षामा प्रहरी प्रशासन जुटेको हो ।

जिल्लाको सदरमुकाम तम्घासमा अभिभावकहरु ज्याला मजदुरी गर्ने भएकाले बालबालिकाको पर्याप्त हेरचाह गर्न नपाउँदा दिनानुदिन सडक बालबालिकाको संख्या बढ्दै गएको छ । परिवारको कमजोर आर्थिक अवस्था, अभिभावकको लापरवाही लगायत कारण अधिकांश बालबालिका सडकमा आउन बाध्य भएका हुन् ।

सडकबाट उठाएर बालबालिकालाई विद्यालय पठाइएपनि त्यहाँ टिकाइराख्न भने चुनौतीपूर्ण छ ।

अभिभावकहरु ज्याला मजदुरी गर्ने, मदिरा सेवन गरी छोराछोरीको हेरचाहमा ध्यान नपुर्‍याउने र स्कुल पनि नपठाउने गर्नाले सडक बालबालिका बढ्दै गएको अवस्थामा प्रशासनले गरेको यो पहलकदमी प्रशंसनीय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *