खेलकूद

१९ वर्षमुनिको महिला फूटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

हिमालय टिभी
२०७८ मंसिर २९ गते ९:२४
१९ वर्षमुनिको महिला फूटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

२९ मंसिर २०७८ काठमाडौं । साफ १९ वर्षमुनिको महिला फूटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।

बंगलादेशको ढाकामा हुने यो खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको थियो ।

नेपाल १ खेलमा १ अङ्क जोडेर तालिकाको चौंथो स्थानमा छ । अहिलेसम्म दुई खेल खेलेको श्रीलङ्का भने अङ्कविहीन छ । श्रीलङ्का पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानसँग डिसेम्बर १७ अर्थात पर्सि शुक्रबार र अन्तिम खेल भारतसँगै डिसेम्बर १९ अर्थात आउँदो आइतबार खेल्नेछ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागी छन् । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ अर्थात आउँदो मङ्गलबार हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्