ओमिक्रोन त्रास : सीमा नाकामा हेल्थ डेक्स (भिडियो रिपोर्टसहित)

२८ मंसिर २०७८ कञ्चनपुर । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिन थालेसँगै रोजगारीका लागि त्यहाँ गएका नेपाली धमाधम कञ्चनपुरको सिमा नाका गड्डाचौकी हुँदै स्वदेश फर्किरहेका छन् ।
भारतबाट आएका नेपालीलाई नेपाल प्रवेश गराउँदा स्वास्थ्य परीक्षणको लागि सिमानाकामा स्थापना गरिएको हेल्थ डेक्सले परिक्षणको कामलाई तिब्रता दिएको छ ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित थपिनु र लकडाउनको हल्ला हुन थालेपछि भारतमा रहेका नेपाली त्रासमा छन् । फेरि पनि लकडाउनमा भोगेको बेरोजगारीको समस्या भोग्नु पर्ने डरमा रहेका उनीहरु यति बेला धमाधम नेपाल फर्कन थालेका छन । कैलालीको गड्डाचौकीमा नेपाल फर्कनेको संख्या दोब्बरले बढे पछि सिमानाका मै स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको छ ।
कोरोना महामारीमा लकडाउनका कारण पाएको सास्तीले फेरी सताउने हो कि भन्ने डरमा भारतमा भएका नेपाली अहिले स्वदेश फर्कँदैछन् । कोरोना भाइरसको परीक्षण गरेर खोप लगाउन बाँकी नेपालीलाई हेल्थ डेस्कमा खोप लगाइने गरिन्छ ।
डेस्कले नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा समेत जानकारी दिने गरेको छ । तर ओमिक्रोनको परिक्षणका लागि भने कोरोना पोजेटिभ देखिए मात्रै स्वाव परिक्षणका लागि केन्द्रमा पठाउने गरि तयारी चलिरहेको छ ।
विदेशबाट स्वदेश फर्किदा सिमानाकामा स्वास्थ्य परीक्षण र खोपको व्यवस्था हुँदा भारतबाट फर्किरहेका नेपाली खुसी छन ।
अफ्रिकी मुलुकमा पुष्टि भएको ओमिक्रोन भेरियन्ट भारतमा फैलिएसँगै नेपालले पनि उच्च सतर्कता अपनाउन आवश्यक छ ।
प्रतिक्रिया