समाज

वीरेन्द्रनगरमा सडकको अवस्था यस्तो बिजोग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २८ गते २०:०४
वीरेन्द्रनगरमा सडकको अवस्था यस्तो बिजोग (भिडियो रिपोर्टसहित)

२८ मंसिर २०७८ सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजार मंगलगढी चोकदेखि गणेशचोकसम्मको सडक स्तरोन्नतिमा समस्या भएको छ । अघिल्लो आर्थिक वर्षमै सुरु हुनुपर्ने सडकको स्तरोन्नति अझै शुरु हुन सकेको छैन ।

नेपाल विद्युत प्राधिकरणले सडकमा रहेका पोल नहटाउँदा सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । हाल विद्युतका पोल सडकसँगै जोडिएका छन् । सडकको स्तरोन्नती गर्दा पोलहरु अहिलेको स्थानभन्दा केही पछाडि सार्नुपर्नेछ । साँघुरो सडक भित्रै पार्किङ गर्ने तथा अन्य व्यवसाय सन्चालन भएका कारण पैदलयात्री र चालकलाई समस्या हुने गरेको छ ।

सडकको स्तरोन्नतीका लागि पूर्वाधार विकास निर्देशनालयले २०८० जेठ मसान्तमा काम सम्पन्न हुने गरी बाँकेको खड्का निर्माण सेवासँग १३ करोड ६७ लाखमा ठेक्का सम्झौता गरेको छ ।

निर्देशनालयले भने विद्युत प्राधिकरणलाई पोल स्थानान्तरणमा लाग्ने बजेटको स्टमेट अनुसार बजेट पठाइ सकेको छ । रकम निकासा भइसक्दा समेत विद्युत प्राधिकरणले समयमै काम गर्न नसक्दा ठेक्का भएको ४ महिनासम्म पनि काम शुरु हुन सकेको छैन ।

सडकको स्तरोन्नति गर्दा नाला र पेटीसहित १८ मिटर चौडाइ बनाइने छ । तर सुर्खेतकै व्यापारिक क्षेत्रमा खानेपानी, विद्युत र टेलिकमका पाइप तथा पोलहरु बाधक बनेका छन् ।

बजार क्षेत्रको सडक स्तरोन्नतीका लागि १८ करोड स्वीकृत भएकोमा खानेपानीका पाइप सार्न ४५ लाख, विद्युतको पोल व्यवस्थापनमा करिव सवा ८६ लाख र सडक चौडा बनाउनका लागि १३ करोडभन्दा बढी खर्च हुनेछ । यता विद्युत प्राधिकरण सुर्खेत शाखाले भने बजार क्षेत्र साँघुरो भएकाले विधुतका पोल पछाडि सार्ने ठाउँ देखाइदिन निर्देशनालयलाई चुनौती दिएको छ ।

बजारका साघुँरा सडक क्षेत्र र घरका कारण विद्युतका पोल पछाडि सार्न असंभव जस्तै छ । सरकारी निकायहरुकै समवन्वयको अभावमा साँघुरो सडकलाई फराकिलो बनाउन निकै सकस हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *