आर्थिक

सीताको सफलता : अल्लोबाट मनग्य आम्दानी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २८ गते १७:३३
सीताको सफलता : अल्लोबाट मनग्य आम्दानी (भिडियो रिपोर्टसहित)

२८ मंसिर २०७८ मोरङ । मोरङको सुन्दर हरैचामा सञ्चालित लुमा घरेलु अल्लो कपडा उद्योगकी प्रोप्राइटर सिता आठपहरियालाई हिजोआज एकछिन पनि फुर्सद हुुँदैन। घरघरमा हाते तान राखेर तयार गरिएका अल्लोका कपडास्तरीय र आकर्षक भएपछि माग पनि बढेको छ।

अल्लो र ढाकाबाट निर्माण भएका कपडाका सामग्री झापा, धरान, पोखरा, काठमाडौं र पश्चिम नेपालका विभिन्न बजारसम्म पुग्ने गर्छ । पछिल्लो समय हङकङ जर्मन, थाइल्यान्ड, र चीनसम्म पुग्ने गरेको छ ।

परम्परागत काठको तानमा हातले बुनिने अल्लो कपडाको माग स्वदेश र विदेशमा पनि बढ्न थालेपछि आठपहरिया दम्पतीलाई आजकाल भ्याइनभ्याइ छ । विराटचोकमा सीता र अशोक कुलुङ राईको परिवारले विगत ९ वर्षदेखि अल्लोसँगै ढाकाको कपडा उत्पादन गर्दै आएको छ ।

अल्लोका रुमाल, कुर्ता–सुरुवाल, साडी, चोली, मजेत्रोदेखि कोट टोपी, पर्स, ब्याग, थैली लगायत एक दर्जन भन्दा धरै प्रकारका समान उत्पादन हुन्छन् ।

परम्परागत अल्लोबाट बन्ने कपडाको सांस्कृतिक महत्व नबुझ्दा विगतमा ओझेलमा परेको अल्लोको कपडाले अहिले विभिन्न महोत्सवमा समेत निकै बजार पाउन थालेको छ । त्यसमाथि महोत्सव घुम्न आउनेमध्ये प्रायले फर्किंदा कोसेलीका रूपमा अल्लोका कपडा लिएर जान्छन् ।

घरेलु तानमा बुनेका अल्लोका कपडा लोकप्रिय हुँदै गएपछि आठपरिया दम्पतीले वार्षिक १० लाखभन्दा रुपैयाँ धेरै बढी आम्दानी गर्ने गरेका छन् । लुमा घरेलु कपडा उद्योगले आठ वटा तान र पाँच वटा सिलाई मेशिनको प्रयोग गरेर कपडा उत्पादन गर्दै आएको छ । उद्योगमा अहिले १२ जनाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *