खेलकूद

पुलिसलाई पराजित गर्दै संकट ए डिभिजन लीगको चौंथो स्थानमा उक्लियो

हिमालय टिभी
२०७८ मंसिर २७ गते १८:५९
पुलिसलाई पराजित गर्दै संकट ए डिभिजन लीगको चौंथो स्थानमा उक्लियो

२७ मंसिर २०७८ काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै संकटा क्लब ए डिभिजन लीगको चौंथो स्थानमा उक्लिएको छ ।

दशरथ रंगशलामा आज भएको पहिलो खेलमा पुलिस क्लबलाई १–० ले हराएपछि संकटाले ८ अंक जोडेको छ । संकटालाई जित दिलाउनका लागि निरज बस्नेतले पहिलो हाफमा गरेको गोल निर्णायक रह्यो ।

१८औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा निरजले हेडर गोल गरेका थिए । पुलिसले खेलमा गोल गर्ने तीन वटा मौका गुमायो । पराजयपछि पुलिसले चौथो स्थानमा उक्लिने मौका गुमाएको छ । चार खेलबाट ५ अंक जोडेको पुलिस छैटौं स्थानमा छ ।

लिग अन्तर्गत नै आज भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

जावलाखेलले लीगमा अंकको खाता खोल्न सफल भएको छ । ब्रिगेड ब्वाइज पाँच अंक बनाउँदै सातौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्