कला/मनोरञ्जन

हिमालय टेलिभिजनमा प्रसारण हुने रियालिटी शो रोडिजको चौंथो सिजन भोलिदेखि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २६ गते १९:१७
हिमालय टेलिभिजनमा प्रसारण हुने रियालिटी शो रोडिजको चौंथो सिजन भोलिदेखि (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०७८ काठमाडौं । साहसिक र चर्चित रियालिटी शो हिमालय रोडिजको चौंथो सिजन भोलि शुरु हुँदैछ ।

कोरोना महामारीका कारण डिजिटल अडिशन लिइएको रोडिजको चौंथो सिजनको नारा ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । चौंथो सिजनले फिजिकल अडिशनमा आउन नसक्ने तर रोडिजप्रति लगाव भएका प्रतिस्पर्धीले पनि अडिशन दिन पाएको निर्देशक सिमोस सुनुवारले जानकारी दिनुभयो ।

अडिशनमा सहभागीमध्येबाट तोकिएको योग्यता र क्षमता पुगेका युवा युवती रोडिजका लागि छनोट हुने छन् । छनोट भएकालाई रोडिजका चार जना ग्याङ्ग लिडर आशिस राना लाहुरे, दीया मास्के, समन श्रेष्ठ र अनुपविक्रम शाहीले आफ्नो समूहमा आवद्ध गर्ने छन् । अघिल्ला सिजन जस्तै यस सिजनले पनि चर्चा बटुल्ने कार्यक्रम प्रस्तोता रेमनदास श्रेष्ठको विश्वास छ ।

रोडिजले साधारण व्यक्तिलाई दर्शक माझ पुर्‍याउने हुँदा धेरैका लागि प्रेरणा बन्ने पहिलो सिजनका विजेता तथा यो सिजनका ग्याङ लिडर समन श्रेष्ठको अनुभव छ ।

हिमालय टेलिभिजनका कार्यकारी निर्माता सहेन्द्र श्रेष्ठले युवा पुस्तामा निकै चर्चित रियालिटी शो रोडिज हिमालय टेलिभिजनको ब्राण्ड कार्यक्रम भएको बताउनुभयो ।

रोडिजमा चार वटा समूहबीच साहसिक र रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । चरण चरणमा हुने प्रतिस्पर्धाबाट एक जना विजेता छानिनेछन् । हिमालय रोडिज प्रत्येक सोमबार राति ८ बजे हिमालय टेलिभिजन एचडीमा प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *