खेलकूद

‘ए’ डिभिजन लिग फुटबलमा आज थ्री स्टार र एपीएफबीच खेल हुँदै

हिमालय टिभी
२०७८ मंसिर २६ गते १०:०२
‘ए’ डिभिजन लिग फुटबलमा आज थ्री स्टार र एपीएफबीच खेल हुँदै

२६ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र एपीएफबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । थ्री स्टार आजको खेलबाट दोस्रो जितको खोजीमा हुनेछ ।

थ्री स्टार ३ खेलमा ४ अङ्क जोडेर आठौं स्थानमा रहेको छ । एपीएफलाई हराएर थ्री स्टार शीर्ष पाँचमा उक्लन चाहन्छ ।थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो ।
दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १–० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

यता, एपीएफ भने पहिलो जितको खोजीमा हुनेछ । एपीएफले ३ खेल खेल्दा अङ्क जोड्न सकेको छैन ।एपीएफ पुछारमा रहेको छ । तर, एपीएफ थ्री स्टारलाई हराएर पहिलो अङ्क जोड्न चाहन्छ ।एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।

एपीएफ दोस्रो खेलमा च्यासल युथसँग १–० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्