खेलकूद

साफ महिला फूटबल च्याम्पियनसिप आज शुरु हुँदै

हिमालय टिभी
२०७८ मंसिर २५ गते ८:३४
साफ महिला फूटबल च्याम्पियनसिप आज शुरु हुँदै

२५ मंसिर २०७८ काठमाडौं । १९ वर्षमुनीको साफ महिला फूटबल च्याम्पियनसिप आज बंगलादेशमा शुरू हुँदैछ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशविरुद्ध खेल्दैछ । बंगलादेशलाई घरेलु मैदानमा हराएर प्रतियोगिताको शुरूवात गर्ने लक्ष्य नेपालको छ । खेल अघि प्रशिक्षक हरिओम श्रेष्ठले छोटो तयारीका बाबजूद पनि बंगलादेशलाई चुनौती दिने बताउनु भएको छ ।

उता बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोटोनले पनि नेपालविरुद्ध राम्रो खेल्ने बताए । राष्टिय टोलीबाट खेलेका १५ जना खेलाडी र घरेलु मैदानको फाइदा रहने छोटोनले बताए ।

ढाकास्थित विरश्रेष्ठ शाहिद सिफाली मुस्तफा कमल रंगशालामा खेल साँझ ७ बजे शुरू हुनेछ। यसअघि आजै हुने पहिलो खेलमा भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । सोही मैदानमा खेल दिउँसो ३ बजे शुरू हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग २९ गते र तेस्रो खेलमा भुटानविरुद्ध पुष २ गते खेल्नेछ । यस्तै चौथो खेलमा भारतसँग पुष ४ गते खेल्ने तालिका छ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल पुस ७ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्