खेलकूद

ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७८ मंसिर २५ गते ७:५४
ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

२५ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदैछन् ।

लीग अन्तर्गत आजको पहिलो खेलमा सातदोबाटो युथ क्लब र न्यूरोड टीम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । लीगमा तीन खेल खेल्दै अपराजित रहेको सातदोबाटोको लक्ष्य आज शीर्ष स्थान कब्जा गर्ने हुनेछ ।

दुई खेलमा जित निकाल्दा एक खेल बराबरीसहित तेस्रो स्थानमा रहेको सातदोबाटोको ७ अंक छ । उता एनआरटी ११औं स्थानमा रहेको टोली हो ।

एनआरटी आज पहिलो जितको खोजीमा रहनेछ । एनआरटीले दुई खेल बराबरी खेल्दा एकमा हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो १ बजे शुरू हुनेछ ।

यस्तै अर्को खेलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच भिडन्त हुनेछ । तीन खेलबाट ७ अंकसहित मछिन्द्र चौथो स्थानमा छ। मछिन्द्रले २ खेलमा जित र एकमा हारको नतिजा निकालेको छ ।

उता तीन खेलमा दुई खेल बराबरी र एकमा हारसहित मात्र २ अंक जोड्दै हिमालयन १०औं स्थानमा छ । सोही मैदानमा खेल दिउँसो पौने पाँच बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्