खेलकूद

भिल्लारियाल च्याम्पियन्स लीगको नकआउट चरणमा प्रवेश

हिमालय टिभी
२०७८ मंसिर २४ गते ७:४३
भिल्लारियाल च्याम्पियन्स लीगको नकआउट चरणमा प्रवेश

२४ मंसिर २०७८ काठमाडौं । भिल्लारियाल च्याम्पियन्स लीग फूटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लीग अन्तर्गत समूह चरणको अन्तिम खेलमा एटलान्टालाई हराउँदै भिल्लारियाल अन्तिम १६ मा पुगेको हो । समूह एफमा भिल्लारियालले एटलान्टामाथि ३–२ को जित निकालेको हो ।

भिल्लारियालका लागि खेलको तेस्रो मिनेटमा आर्नट डानजुमाले गोल गरे । त्यस्तै इटिने काउपेले ४२औं मिनेटमा रियालको अग्रता दोब्बर पारेका थिए ।

५१औं मिनेटमा डानजुमाले व्यक्तिगत दोस्रो गोल थपेपछि रियालले ३–० को अग्रता बनायो । तर दोस्रो हाफमा भने एटलान्टाले लगातार दुई गोल थप्न सफल रह्यो । उसका लागि ७१औं मिनेटमा रस्लन मालिनोभ्से र ८०औं मिनेटमा डुभान जापाटाले गोल गरे ।

हिजोका लागि नै तय यी दुईबीचको खेल भारी हिमपातपछि स्थगित भएको थियो । यस समूहबाट पहिलो स्थानमा रहँदै म्यानचेष्टर युनाइटेड नकआउट चरणमा पुगिसकेको छ ।

६ खेलबाट युनाइटेडले ११ अंक जोड्दा भिल्लारियालले समान खेलबाट ७ अंक जोड्यो । यससँगै च्याम्पियन्स लीगको समूह चरणका खेल पनि सकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्