खेलकूद

बार्सिलोना च्याम्पियन्स लीगको समूह चरणबाटै बाहिरियो

हिमालय टिभी
२०७८ मंसिर २३ गते ७:३३
बार्सिलोना च्याम्पियन्स लीगको समूह चरणबाटै बाहिरियो

२३ मंसिर २०७८ काठमाडौं । बार्सिलोना च्याम्पियन्स लीग फूटबलको समूह चरणबाटै बाहिरिएको छ ।

च्याम्पियन्स लीगमा समूह ई अन्तर्गत समूह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग बार्सिलोना पराजित भएको हो । बायर्नसँग ३–० को हारसँगै बार्सिलोना १७ वर्षमा पहिलो पटक अन्तिम १६ मा पुग्न असफल रह्यो ।

घरेलु मैदानमा बायर्नका लागि थोमस मुलर, लेरोय साने र जमाल मुसिएलाले एक(एक गोल गरे । मुलरले ३४औं मिनेटमा बायर्नलाई अग्रता दिलाएका थिए ।

त्यसपछि उसका लागि ४३औं मिनेटमा साने र ६२औं मिनेटमा मुसिएलाले गोल थपे । यसअघि नै अन्तिम १६ मा स्थान पक्का पारिसकेको बायर्नले अपराजित रहँदै १८ अंक जोड्यो ।

यही समूहबाट बेन्फिका दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको छ । बेन्फिकाले डाइनाभो किभलाई २–० ले हरायो । तेस्रो स्थानमा रहँदै बार्सिलोनाले ६ खेलबाट ७ अंक जोड्यो ।

त्यस्तै समूह एफबाट म्यानचेष्टर युनाइटेड र भिल्लारियालले नकआउट चरणमा स्थान पक्का पारे । शीर्ष स्थानको युनाइटेड अन्तिम खेलमा योङ ब्याइजसँग १–१ को बराबरीमा रोकियो ।

यस समूहमा भिल्लारियाल र एटलान्टाबीचको खेल आज हुनेछ । भिल्लारियालको ७ र एटलान्टाको ६ अंक छ ।

समूह जी बाट भने लिले र आरबी साल्जवर्ग अन्तिम १६ मा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा लिलेले उल्फवर्गमाथि ३–१ र साल्जवर्गले सेभियामाथि १–० को जित निकाले । शीर्ष स्थानको लिलेले ११ र साल्जवर्गले १० अंक जोडे ।

उता समूह एचबाट भने युभेन्ट्स र चेल्सीले अन्तिम १६ मा स्थान सुरक्षित पारे । पछिल्लो खेलमा युभेन्ट्सले माल्मोलाई १–० ले हराउँदा चेल्सी भने जेनिथ सेन्ट पिटर्सवर्गसँग ३३ गोलको बराबरीमा रोकियो ।

समूहको शीर्ष स्थानको युभेन्ट्सको १५ अंक हुँदा चेल्सीले १३ अंक जोड्यो ।
यससँगै च्याम्पियन्स लीगका समूह चरणका खेल सकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्