समाज

बर्दियाको सतखलुवा होम स्टेमा पर्यटकको चहल पहल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २२ गते २०:५४
बर्दियाको सतखलुवा होम स्टेमा पर्यटकको चहल पहल (भिडियो रिपोर्टसहित)

२२ मंसिर २०७८ बर्दिया । कोरोना संक्रमणको जोखिम घटेसंगै बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएको बर्दियाको सतखलुवा होम स्टेमा पर्यटकको चहल पहल बढ्न थालेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण लामो समयसम्म गाँउ घर मै बस्न बाध्य भएका पर्यटक संक्रमणको जोखिम घटे संगै घुमिफिर गरेर रमाउने क्रम बढ्दै गएको छ ।

शुक्रबार, शनिबार र बिदाको दिनमा स्थानीय परिवारसहित खान, बस्न र ताल क्षेत्रमा घुम्न सतखलुवा होम स्टे पुग्ने गरेका छन् । पर्यटकको चहल पहल बढेसंगै होम स्टे संचालकहरु पनि उत्साहित भएका छन ।

निकुन्जको मध्यबर्ति क्षेत्रमा रहेको सतखलुवा ताललाई संरक्षण गरेर स्थानीयले ६ बर्ष पहिले होम स्टे सुरु गरेका थिए । करिब ६० बिगाहा क्षेत्रफलमा फैलिएको ताल २१ फिटसम्म गहिरो छ ।

यो ताल पछिल्ला दिनमा बनयजन्तु अवलोकन, बनभोज र बोटिङका लागि समेत आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गको कतरनियाघाटबाट करिब ३ किलोमिटर भित्र रहेको यो ताल निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत बारबर्दिया नगरपालिका ९ खैरेनीमा पर्छ ।

ताल क्षेत्रमा करिब २ सय ५० प्रजातिका चराचुरूङ्गी, पुतलीकाका साथै साइबेरियन चरा, विभिन्न प्रजातीका माछा, गोही, अजिंगर लगायत वन्यजन्तुको सुरक्षित बासस्थान पनि हो । तालको संरक्षण र चोरी शिकारी नियन्त्ररणमा स्थानीय सक्रिय भएको ३ बर्ष मै ताल क्षेत्र दुर्लभ पाटेबाघको अबलोकनका लागि पन उपयुक्त क्षेत्र बन्दै गएको छ ।

पछिल्ला दिनमा ताल क्षेत्रको भ्रमणमा आउने पर्यटकको संख्या बढेदै गएको छ । तालको संरक्षणसंगै गत बर्षदेखि स्थानीयले खैरेनी गाउँमा १२ वटा होम स्टे संचालन गरेका छन । होम स्टे संचालनमा आएसँगै गाउँको चिनारी पनि फेरिदै गएको छ । स्थानियको आय स्रोत समेत बढ्दै गएको छ ।

नेपालगन्जबाट करिब २ घन्टाको दुरीमा रहेको सतखलुवा ताल पछिल्ला दिनमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्य बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *