खेलकूद

ए डिभिजन लीगमा मछिन्द्र विजयी, पुलिस र शेर्पाले अंक बाँडे

हिमालय टिभी
२०७८ मंसिर २२ गते १९:१९
ए डिभिजन लीगमा मछिन्द्र विजयी, पुलिस र शेर्पाले अंक बाँडे

२२ मंसिर २०७८ काठमाडौं । जावलाखेल युथ क्लबलाई हराउँदै साबिक विजेता मछिन्द्र फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।

दशरथ रंगशालामा आज भएको दोस्रो खेलमा मच्छिन्द्रले जावलाखेललाई २० गोलले हराएको हो । आत्मघाती गोलबाट अग्रता लिएको मछिन्द्रले त्यसको १० मिनेट नबित्दै रन्जित धिमालको गोलबाट अग्रता दोब्बर बनायो ।

खेलको १४ औं मिनेटमा मनिष डाँगीको कटब्याकमा अभिषेक रिजालले दिएको क्रसलाई जावलाखेलका डिफेन्डर सिमन्त थापाले क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगे । २१ औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै अग्रता २–० मा पुर्याए । जितसँगै मछिन्द्रले ७ अंक जोडेको छ भने ३ वटै खेलमा पराजित जावलाखेल रेलिगेशन जोनमा कायमै छ ।

यससँगै तेस्रो चरणका खेलहरु सकिएका छन् । अहिलेसम्म नवप्रवेशी सातदोबाटो युथ क्लब ७ अंक सहित तालिकाको शीर्षस्थानमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । दशरथ रंगशालामै भएको खेलमा सुमन लामाले ६०औं मिनेटमा गोल गरेपछि पुलिसले शेर्पासँग अंक खोसेको हो ।

खेल सुरु भएको ५३ सेकेण्डमै विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पा क्लबलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा डिबक्सभित्र पाएको अवसरलाई भरत शाहले गोलमा परिणत गर्न नसक्दा पुलिसले बराबरी गर्ने मौका गुमायो ।

पहिलो हाफमा एक गोलको अग्रता कायम राखेको शेर्पाले ६०औं मिनेटमा गोल खान पुग्यो । सुमन लामाले रवि पासवानको पासमा गोल गरे । बराबरीपछि पुलिसको तीन खेलमा पाँच अंक बनाउँदै पाँचौं स्थानमा पुगेको छ । जितविहिन रहेको शेर्पाको दुई अंक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *