खेलकूद

ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७८ मंसिर २२ गते ९:१६
ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

२२ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । हिमालयन आज पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान ओर्लने छ। हिमालयन २ खेलबाट १ अंकसहित १२ औं स्थानमा छ ।

पुलिस भने आज दोस्रो जितको खोजीमा रहनेछ । पुलिसले दुई खेलमध्ये एकमा जित र एकमा बराबरीको नतिजा निकालेको छ ।

तालिकाको सातौं स्थानमा रहेको पुलिसले २ खेलमा ४ अंक जोडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।

यस्तै अर्को खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फूटबल क्लबले खेल्ने छन् । २ खेल खेल्दै अंकविहिन जावलाखेल आज पहिलो अंक बटुल्ने लक्ष्यमा रहनेछ । जावलाखेल रेलिगेशन जोनमा रहेको टोली हो ।

उता साविक विजेता मछिन्द्र भने दोस्रो जितको लक्ष्यसहित मैदान ओर्लनेछ । मच्छिन्द्र एकमा जित र एकमा बराबरीको नतिजासहित छैटौं स्थानमा छ । मछिन्द्रले २ खेलबाट ४ अंक जोडेको छ ।

सोही मैदानमा खेल दिउँसो पौने पाँच बजे शुरू हुनेछ । आजको खेलसँगै तेस्रो चरणका खेल सकिने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्