समाज

आँखाको ज्योति फर्ता पाएपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते २०:४६
आँखाको ज्योति फर्ता पाएपछि… (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ धनुषा । आँखाको उपचार पहुँचमा नहुँदा अहिले पनि सामान्य समस्या भएकाहरुले दृष्टि नै गुमाउनुपर्ने अवस्था छ । यस्तो समयमा आँखा शिविरहरु भने बरदान सावित हुने गरेका छन् ।

यो कति हो ? १० वर्षदेखि दृष्टिविहीन १६ वर्षीया रञ्जिताकुमारी यादव डाक्टर आशिष बोहराको प्रश्नमा मुस्कुराउँदै जवाफ दिनुहुन्छ ।

अनि आँखामा चोट लागेपछि एउटा आँखामा समस्या भएकी १० वर्षकी लक्ष्मीनियाँ मण्डललाई पनि डाक्टर बोहराको प्रश्न यस्तै छ ।

यतिबेला लक्ष्मीनियाँ र रञ्जिताकुमारीको जीवन नै फेरिएको छ। वर्षौदेखि आँखाको समस्याका कारण संसार देख्न नपाएकी रञ्जिताकुमारी र एउटा आँखा मात्रै देख्ने लक्ष्मीनियाँमा खुसीको सीमा छैन । त्यत्तिकै खुसी छन– उहाँहरुकी आमा पनि । यसअघि उपचारका लागि विभिन्न ठाउँ धाउँदा पनि छोरीहरुले आँखा देख्दैनन् भन्ने ठानेका आमाहरु छोरीले आँखा देख्दा खुसी नहुन पनि कसरी ।

यो सबै खुसी भने तेज कोहली र रुइत फाउण्डेशन र जानकी आँखा अस्पतालले आयोजना गरेको निःशुल्क आँखा शिविरले दिएको हो । उनीहरूलाई अस्पतालले जनकपुरधाम नै बोलाएर निःशुल्क शल्यक्रिया गरिदिएपछि आँखाको ज्योति फिर्ता पाएका छन् । उनीहरु जस्तै धेरै बालबालिकाहरु समयमै उपचार नपाएर, दृष्टि गुमाइरहेकाले समयमै आँखाको उपचार गर्नुपर्नेमा चिकित्सको जोड छ ।

त्यसैले आँखा जस्तो संवेदनशील विषयमा हेलचेक्रयाइ नगर्न जानकी आँखा अस्पतालका अध्यक्ष गंगाराम यादवको आग्रह छ ।

परवाहामा सञ्चालन गरिएको शिविरमा एक सय ४९ जनाले आँखा जाँच गराएकोमा ७९ जनामा मोतिविन्दु देखिएको थियो । सोही क्रममा यी दुई बालिका पनि फेला परे र उनीहरुले उपचार पाए । तर सिमावर्ती ग्रामीण भेगमा आँखाको समस्या भएका धेरै व्यक्ति भए पनि अशिक्षा, अज्ञानता र पहुँचको अभावमा अन्धकारमा जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *