खेलकूद

खेलाडीहरुले राखेप सदस्य सचिवसामू राखे यस्ता माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते २०:४१
खेलाडीहरुले राखेप सदस्य सचिवसामू राखे यस्ता माग (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएन आइपीएलले राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई खेलाडीको हकहितका विषयमा ध्यानाकर्षण गराएको छ ।

नेपाली खेलाडीको छाता संगठन एनएन आइपीएलका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा खेलाडीहरुले विभिन्न ६ बुँदे सुझाव समेट्दै घिसिङलाई ध्यानाकर्षण गराएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विगतदेखि नै उठाउँदै आएका विषयमा घिसिङको ध्यानाकर्षण गराएको हो । जसमा खेलाडीको सामाजिक सुरक्षा, प्रोत्साहन भत्ता, रोजगारी, खेलाडी कल्याण कोष लगायतका विषयहरु समेटिएका छन् । संघका अध्यक्ष दीपक श्रेष्ठले युवा खेलाडीको पलायन रोक्न नीतिगत पहल गर्न सरकारलाई आग्रह गरे ।

साग, एसियाली खेलकुद, ओलम्पियनलाई आजीवन प्रोत्साहन भत्ताले निरन्तरता पाएको छ । तर कार्यविधि पारित नहुँदा समस्या छ । यसको समाधानका लागि कार्यविधि बनाउनु पर्ने खेलाडीहरुको ठम्याई छ । सदस्य सचिवसँगको भेटमा उनीहरुले रंगशाला प्रवेशमा आफुहरुलाई रोकेको भन्दै दुखेसो समेत पोखे ।

खेलाडीहरुको माग र सुझाव आफ्नो कार्य योजनामै रहेको र कतिपय नयाँ विषयमा संघसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको सदस्य सचिव घिसिङले प्रतिवद्धता जनाए ।

दुई साता अघिमात्र राखेप सदस्य सचिव नियुक्त भएका घिसिङले पद वहालीकै दिन खेलाडीको बीमा र राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्न निर्देशन दिएका थिए । नेपाली खेलकुदको विकासका लागि विद्यालय स्तरबाटै खेल गतिविधि हुनु पर्ने र राष्ट्रिय प्रतियोगिताहरु तोकिएकै समयमा गर्ने आश्वासन समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्