समाज

पाल्पाको तानसेनमा न्यानो घर: समय कटाउने ठाउँ पाउँदा वृद्धवृद्धा दङ्ग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते १४:१४
पाल्पाको तानसेनमा न्यानो घर: समय कटाउने ठाउँ पाउँदा वृद्धवृद्धा दङ्ग (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । पाल्पामा वृद्धवृद्धाका लागि न्यानो तथा शीतल घर निर्माण कार्य थालिएको छ । जेष्ठ नागरिकको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ निर्माण थालिएपछि वृद्धवृद्धा खुशी छन ।

पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ९, दमकडाका वेणीमाधव ढकाल बुढेशकालमा आफ्ना दौतरीसँग भेटघाट गर्न पाउने भएपछि निकै उत्साहित हुनुहुन्छ । शीतल घरको निर्माण पूरा भएपछि वृद्धवृद्धाका लागि आफ्ना दौतरीसँग बाल्यकालका अनुभव, भजनकीर्तन र पुस्तक पढेर समय खर्चिन सजिलो हुनेछ ।

तानसेन नगरपालिकाको आर्थिक सहयोगमा तीन तले भवन बनाउने योजना बुनेर काम थालिएको हो । तर, बजेट अभावमा पहिलो तलाको काम मात्र पूरा भएको छ । अन्य दुई तलाको काम अझै पूरा हुन सकेको छैन । सुविधा सम्पन्न भवनमा इन्टरनेट जडान गरिएको छ भने एक जना सहयोगीको व्यवस्था गर्ने लक्ष्य छ ।

वृद्धवृद्धालाई दिनभर घरमा बस्दा समय बिताउन समस्या हुने गर्छ । न्यानो घरमा आइ आफ्ना समकालीनहरुसँग अनुभव आदानप्रदान गर्नाले समय बिताउन सहज हुनेछ ।

स्थानीय सरकारले आवश्यक बजेटको व्यवस्था नगर्दा भवन निर्माण भने समयमै नहुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *