विवाह पञ्चमीको पाँचौ दिन आज मटकोर महोत्सव हुँदै

हिमालय टिभी
२०७८ मंसिर २१ गते ९:१७
विवाह पञ्चमीको पाँचौ दिन आज मटकोर महोत्सव हुँदै

२१ मंसिर २०७८ धनुषा । जनकपुरधाममा सप्ताहव्यापीरूपमा मनाइने रामसीता विवाहपञ्चमी अन्तर्गत आज मटकोर महोत्सव मनाइँदैछ ।

आज पाँचौ दिन गंगासागर पोखरीमा मटकोर कार्यक्रम हुुँदैछ । त्रेतायुगमा भगवान श्रीराम र सीताको विवाह भएको सम्झानामा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइन्छ ।यसअघि हिजो तिलकोत्सव सम्पन्न भएको छ ।

त्रेतायुगमा मिथिलाका राजा जनक र अयोध्याका भगवान् श्री रामका बुबा राजा दशरथबीच भएको सम्धी मिलनको दिनलाई स्मरण गर्दै विवाहपञ्चमीको चौथो दिन तिलकोत्सव मनाइने गरिन्छ ।

तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटे महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए ।

भोलि छैटौँ दिन विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम हुनेछ । यसअघि नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ सम्पन्न भइसकेको छ । सातौँ अर्थात् अन्तिम दिन बिहीबार रामकलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी विधिवतरुपमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *