अमेरिकाद्वारा चीनमा हुने गृष्मकालीन खेलकूद बहिस्कार
२१ मंसिर २०७८ न्युयोर्क । अमेरिकाले आगामी वर्ष चीनमा हुने गृष्मकालीन खेलकूदको कूटनीतिक बहिष्कार गरेको छ ।
सन् २०२२ मा चीनको बेइजिङमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने अमेरिकाले निर्णय गरेको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चीनको मानव अधिकारको अवस्थाका कारण आधिकारिक प्रतिनिधिमण्डल नपठाउने बताएको छ ।
चीनको मानवअधिकारलाई लिएर रहेका चासोकाबीच यस्तो निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले कूटनीतिक बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलम्पिकमा कुनै योगदान नगर्ने बताइन् । तर यसबाट अमेरिकी खेलाडीमा भने कुनै असर पार्ने छैन ।
अमेरिकी खेलाडीले सहभागी जनाउन हुने र यसमा सरकारको पूर्ण समर्थन रहने उनको भनाइ छ । उता चीनले यसअघि नै अमेरिकाले कूटनीतिक बहिष्कार गरे त्यसको उचित जवाफ फर्काउने बताइसकेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना ओलम्पिकको कूटनीतिक बहिष्कारको तयारी भइरहेको बताएका थिए ।
यसअघि सन् १९८० मा अमेरिकाले मस्को ओलम्पिक बहिष्कार गरेको थियो । त्यस समयमा खेलाडीलाई पनि सहभागी हुन रोक लगाइएको थियो ।
प्रतिक्रिया