खेलकूद
प्रिमियर लीगमा आर्सनल एभर्टनसँग पराजित
२०७८ मंसिर २१ गते ७:४०
२१ मंसिर २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा आर्सनल पराजित भएको छ ।
लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा एभर्टनले आर्सनललाई २–१ गोलले हराएको हो । अवे मैदानमा आर्सनलले पहिलो हाफको इञ्जुरी समयमा अग्रता बनाए पनि त्यसलाई जोगाउन असफल रह्यो ।
उसका लागि मार्टिन ओडिगार्डले गोल गरेका थिए । ७९औं मिनेटमा एभर्टनका रिचार्लिसनले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि अन्तिम समयको इञ्जुरी समयमा डिमाराई ग्रे ले गोल गरेपछि एभर्टन २१ ले विजयी भएको हो ।
एभर्टनको यो नवौं खेलमा पहिलो जित पनि हो । १५ खेलबाट २३ अंकसहित आर्सनल सातौं स्थानमा छ । जितपछि समान खेलबाट १८ अंक जोडेको एभर्टन १२औं स्थानमा उक्लियो ।
प्रतिक्रिया